राजेन्द्र महतोले दिए उपेन्द्र यादवलाई चुनौती : मुखिया र मेयर खान होइन राजपासँगै गोली खान आऊ

राजेन्द्र महतोले दिए उपेन्द्र यादवलाई चुनौती : मुखिया र मेयर खान होइन राजपासँगै गोली खान आऊ

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

राजविराज ,२६ जेठ ।

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताउनु भएको छ। राजविराजमा शुक्रबार आयोजित विरोध सभामा सम्बोधन गर्दै महतोले ऐन संशोधनबाट मात्र चुनावमा जाने वातावरण नबनेको भन्दै निर्वाचनमा भाग लिएर मधेसी जनताले मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताउनु भएको हो।

महतोले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगावै संविधान सशोधन गरे चुनावमा सहभागी हुने स्पष्ट पार्नुभयो। गच्छदारले पहिलेदेखि नै धोका दिँदै आएकोमा पछिल्लोपटक उपेन्द्र यादवले समेत मधेसी जनतालाई धोका दिएको आरोप लगाउँदै महतोले यादवलाई चुनावमा होइन, आन्दोलनमा आउन आमन्त्रण गर्नुभयो।

‘मेयर, मुखिया बनेर मलाई खान होइन, जनताको अधिकारका लागि राजपासँग गोली खान आऊ।” अधिकांश समय उपेन्द्र यादवको बिरोधमा बोलेका महतोले भन्नुभयो, ‘आन्दोलनरत छ मधेसी दल मिल्दा मिल्न नसक्ने उपेन्द्र अन्ततः मधेस विरोधी संविधान बनाउने बाबुराम भट्टराईसँग मिलेर मेयर, मुखिया बन्न गए।’

अर्का नेता राजकिशोर यादवले चुनावको मिति स्थगन गरी मधेसको माग सम्बोधन नगरे इतिहासको धारा बदलिने चेतावनी दिनुभयो। जबरजस्ती चुनाव गराए स्थायी राज्य सत्ताविरुद्ध लडाइँ सुरु हुने भन्दै यादवले शान्तिको भाषा नबुझ्ने सरकार र मधेसी जनताको आदेश नमान्ने फोरम नेपालको भविष्य नरहने बताउनु भयो।

राजपाका विरष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादवले संविधान स्वीकार्य बनाउन जबरजस्ती गर्न गइरहेको चुनाव भए राष्ट्रको नक्शा बदलिने चेतावनी दिनुभयो।

कार्यक्रममा राजपाका उपाध्यक्षहरु नवलकिशोर साह, शेखर सिंह, महासचिव मनिष सुमन, सह महासचिव जयप्रकाश ठाकुर, महिला नेतृ पुष्पा ठाकुर, माधुरी साहलगायतले चुनाव स्थगन गरी संविधान संशोधन गरेर मात्र निर्वाचनको नयाँ मिति तय गर्नु पर्ने माग गर्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ