-सार्थक महरा
सायदै कसैले कल्पना गर्ला संगीत विनाको यो संसारको । यो ब्रम्हाण्ड जहा हरकोहि व्याक्ति संगीतका तालरुसंगै हुर्कन्छ, बाल्यावस्था पार गर्दै गर्दै यौवन अवश्था अनि संगसंगै जीवनका पलहरुलाई संगीतकै रागरागमा व्यथित गर्दछ । संगीत हुनलाई त्यहा हार्मोनियम नै आवश्यक पर्दैन न त आवश्यक पर्दछ त्यहा गिटार अनि आजका आधुनिक बाजाहरुको ।
प्रकृतिको सुन्दर कोखमा जन्मिए पश्चात त्यहाका प्राकृतिक सम्पदाहरु झरना,खोलानालाका कलकल ध्वनीहरु अनि बहेली खेल्दै बहने हावाका झोकाहरु पनि संगीतकै एक स्वरुप हुन भन्दा फरक नपर्ला ।
यहि प्रकृतिको स्ुन्दर कोखमा जन्म लिएर यीनै प्राकृतिक संगीतका तालताल संगै हुर्कदै रमाउदै हुर्केका एक संगीतका साधक हुन एस. वि साउद । जो संगीतमा आफ्नो उज्यालो भविष्य खोज्ने सन्दर्भमा साधनारत छन् , तपस्यामा तल्लिन छन् ।
क्लासीकल म्युजीक प्रति बढि झुकाव राख्ने एस.वि. संगीतका समग्र विधा लाई उतिकै सम्मान गर्छन । यद्धपि उनको अनुराग आधुनिक संगीत विधातर्फ बढि रहेको उनि बताउछन । संगीतमै भविष्य खोज्ने उत्कट अभिलाषाका साथ सुद्ुरपश्चिमको टिकापुर कैलालीबाट सांंगीतिक भविष्य खोज्ने क्रममा उनि विगत केही वर्षहरु देखी राजधानी काठमाण्डौमा छन् ।
जुन राजधानी शहर जसले उनि जस्तै हजारौँ सम्भावना बोकेका धेरै कलाकारहरुलाई पहिचान दिलाएको छ , नेपाली सांगीतिक क्षेत्रमा । यहि पहिचानको खोजीमा छन एस.वि । रेडियो मिर्मिरे ८९.४ मेघाहर्ज अनामनगर काठमाण्डौमा सञ्चारकर्मीको रुपमा समेत उनि कार्यरत छन् ।
संगीतमै भविष्य खोज्ने आफना चाहानाहरुलाई लक्षीत गर्दै हालसालै मात्र आफनै स्वर , शव्द र संगीतमा फरक धारमा उनको दिलको उदार नामको गीत बजारमा आइपुगेको छ । छोटो समयमा निकै राम्रो प्रतिक्रिया पाइसकेको यस गीतबाट समेत उनको आगामी सांगीतिक भविष्य सुन्दर छ भन्ने कुरामा विश्वास गर्ने बलिया आधारहरु छन् ।
यसभन्दा अघि पनि उनका २ गीतहरु कला किराती राईको शब्द संगीत अनि आफ्नै स्वरमा हाँस्दा हाँस्दै रुनुपर्ने र आफ्नै स्वर , शव्द र संगीतमा के रैछ माया बोलका गीत बजारमा आइसकेका छन् ।
उनलाई सांगीतिक सफलताको धेरै धेरै शुभकामना ।
उनको गीतलाई तलको लिंङ्क मार्फत पनि हेर्न सकिन्छ ।
