उम्मेदवारको टुङगो लगाउनमा ब्यस्त प्रमुख दल , कुन दलले कहाँ कहाँ टुङ्ग्याए !

उम्मेदवारको टुङगो लगाउनमा ब्यस्त प्रमुख दल , कुन दलले कहाँ कहाँ टुङ्ग्याए !

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमान्डौ ,जेठ २६ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकीदै जाँदा प्रमुख दल लगायत अन्य दलहरु उम्मेदवार टुङगो लगाउने कसरतमा जुटेका छन् ।

सत्तारुढ दल नेपाली कंग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमाले लगायत अन्य दलले केहि प्रदेशमा उम्मेदवारको टुङगो लगाइ सकेका छन भने अन्य केहि प्रदेशमा एक दुइ दिन भित्र उम्मेदवारको टुङगो लगाउने जनाएको छ ।

सत्तारुढ दल कंग्रेसले प्रदेश नं १ र ७ मा उम्मेदवारको टुङगो लगाइ सकेको जनाएको छ । अब प्रदेश नं २ बाहेक प्रदेश नं ४ र ५ मा भने आज उम्मेदवारको टुङगो लगाउने कंग्रेसले जनाएको छ । प्रदेश नं २ मा भने छलफल जारी रहेको बताइएको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रदेश–५ र ७ मा उम्मेदवार टुंगो लगाएको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार प्रदेश–१ को विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिका बाहेक सबै स्थानीय तहका उम्मेदवार टुंगो लागेको जनाएको छ ।

प्रदेश–२ का स्थानीय तहमा पर्ने वीरगन्ज महानगरपालिका सहितका तहमा भने उम्मेदवार छनोट जारी रहेको एमालेको भनाइ छ । यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भने प्रदेश–२ बाहेक अन्य प्रदेशका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको जनाएको छ ।

प्रदेश नं २ मा छलफल जारी रहेको माओवादी केन्द्रले जनाएको छ । दोस्रो चरण अन्तर्गत प्रदेश नं १ २ ४ ५ र ७ को ४१ जिल्लामा आगामी असार १४ गते निर्वाचन हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ