च्याम्पियन्स ट्रफीमा भारत विरुद्ध श्रीलंकाको रोमाञ्चक जीत

च्याम्पियन्स ट्रफीमा भारत विरुद्ध श्रीलंकाको रोमाञ्चक जीत

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी जेष्ठ २५ । बेलायतमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समुह चरणको दोस्रो खेलमा उपाधी दावेदार भारतमाथि श्रीलकाले ७ विकेटको रोमाञ्चक जीत हात पारेको छ ।
टस हारेर शुरुमा व्याटीगं गरेको भारतले श्रीलकालाई जीतका लागि २ सय २२ रनको बिशाल चूनौती दिएको थियो । भारतले पुरै ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रनको बिशाल योगफल तयार पारेको थियो । तर त्यो लक्ष्यलाई सजिलोसगँ पछ्याउदै श्रींलकाले बिशाल जीत निकालेको हो । श्रीलकाले उक्त लक्ष्य ३ विकेट गुमाएर ४८.४ ओभरमा पुरा गर्यो ।
श्रीलकाको जीतमा मुख्य हात मेन्डिस र गुनाथिलाकाका रह्यो । मेन्डिसले ८९ रन जोडे भने गुनाथिराकाले ७६ रन जोडे ।
त्यस पछि आएका एन्जेलो म्याथ्युज र कुसल परेराले टिमलाई जीताउन सफल रहे । कुसल परेरा ४७ रनमा रिटायर्ड हर्ट भए पछि गुणरत्नेले व्याटीगं सम्हालेका थिए । म्याथ्युजले ५२ रन बनाए ।
यस पटक भारतीय बलरहरु चल्न सकेनन् । उमेश यादवले एक विकेट लिए भने भुवनेश्वर कुमारले एक विकेट लिए भने बाकी दुई ब्याटस्म्यान रन आउट भएका थिए ।
भारतका लागि शिखर धवनले एक सय २५ रन बनाएर शतक पुरा गरेका थिए । श्रीलका पहिलो म्याचमा दक्षिण अफ्रीकासगँ पराजीत भएको थियो भने भारतले पाकिस्तानमाथि जीत हात पारेको थियो ।
यता पाकिस्तानले पनि दक्षिण अफ्रीकालाई पराजीत गरेकाले अब तेस्रो खेल सबै टोलीका लागि अघिल्लो चरण प्रवेश गर्ने महत्वपूर्ण खेल बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ