जेष्ठ २४ ,काठमाण्डौं ।
शिक्षक पेशा छाडेर युद्धमा लागेका रोल्पाली नेता कृष्ण बहादुर महरा माओवादी भित्रका भाग्यशाली मन्त्री बनेका छन् । उनी स्वर्गीय गिरीजा प्रसाद कोईरालाको पालादेखि २०६३ सालबाटै मन्त्री हुन थालेका थिए ।
त्यस बेला पनि माओवादीको नेतृत्व नै गरेका महरा अहिले पनि परराष्ट्र मन्त्रालय सहित नेतृत्व गरेरै देउवा सरकारमा झुण्डिन सफल भएका छन् ।
अरु नेता मन्त्री हुने बेला निकै विवाद र विरोध हुने गर्दछ । तर जब महराको नेतृत्व या मन्त्रालय लिने कुरा आउछँ , त्यो बेला पेरिसडाडा र लाजिम्पाटमा विरोधका स्वर कम सुनिन्छ ।
प्रचण्डका बलिया विस्वास पात्रका रुपमा परिचित उनी व्यापारी अजय सुमार्गीलाई प्रचण्डसगँ जोड्ने देखि भारत र चीनका लागि विस्वासीलो दुतका रुपमा समेत प्रचण्डको सहयोगीको रुपमा भूमिका खेलेकाले उनको नाम प्रचण्डले अग्रपत्तिंमा राख्ने गरेका छन् ।
सञ्चार गृह, अर्थ सहित अहिले परराष्ट्र मन्त्रालय समेत सम्हाल्न आईपुग्दा सिंहदरबारमा शयर लामो समय गर्ने निर्विवादित माओवादी नेता बनेका छन् महरा ।
अहिले माओवादी केन्द्र भित्र केही नेताहरुले जहिले पनि एउटै मान्छेले मन्त्री खाईरहनु पर्ने , पूर्वका मान्छे मन्त्री हुन नहुने ? रोल्पाले मात्रै खानु पर्ने भन्दै विरोध जनाउन शुरु गरेको बुझिएको छ ।
पटक पटक आफै मन्त्री भईरहदा उनलाई दिक्क नलागेको हो या सिंहदरबारले उनलाई चुम्बकीय शक्ति सहित तानिरहेको हो ? कार्यकर्ताले प्रश्न गर्न थालेका छन् ।