जेष्ठ २४ काठमाण्डौं ।
२०५९ सालमा कालीकोटको पिलिसमा सेनाको ब्यारेक माथि हमला गर्दाका कमाण्डर थिए कमरेड प्रभाकर । ठूलो संख्यामा सेनाको क्षति र हतियार कब्जा गरे पनि उनी पार्टी भित्र हाई हाई भएका थिए ।
उनी जनसेनाको डिभिजन कमाण्डर रहेका थिए । उनले त्यसबेला सेना प्रहरीमाथि हमला गर्न जसरी निर्देशन दिएका थिए । तर अब उनी सुरक्षा निकायको महत्वपूर्ण अंग प्रहरी प्रशासनको राजनीतिक कमाण्डर भएका छन् गृहमन्त्रीको रुपमा र उनी प्रभाकरको रुपमा हैन जनार्दन शर्माको रुपमा ।
एक हद सम्म उर्जा मन्त्री हुदाँ सफल भएका जनार्दन शर्मा अब महत्वपूर्ण तर विवादीत बनिने मन्त्रालयको रुपमा चिनिएको गृहमन्त्रालय सम्हाल्न पुगेका छन् ।
यो बेला उनले बन्दुक चलाउन आदेश दिनु पर्ने हुन्छ प्रहरीलाई । तर कसको विरुद्धमा ?
अहिले विगतमा आफूसगँै लडेका सहयोद्धा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु धमाधम प्रहरीले पक्राउ गरीरहेको छ । अझ उनकै जिल्ला रुकुममा ठूलो संख्यामा पक्राउ गरिएको थियो । पहिलो चरणको स्थानीय निकायको सन्दर्भमा ।
अब दोस्रो चरणको निर्वाचन पनि असार १४ का लागि तोकिएकाको छ र धमाधम कम्युनिष्ट पार्टीका हिजो सगैं लडेका कार्यकर्ता र नेताहरु पक्राउ परीरहेका छन् । यस्तो बेला उनले आफ्नै सहयोद्धा र सहकर्मिमाथि कस्तो व्यवहार गर्ने छन् ? अझ माओवादीलाई युद्धमा जान बाध्य पार्ने शेर बहादुर देउवा प्रधानमन्त्री छन् ।
ती प्रभाकरले विद्यमान राज्य सत्ता विरुद्ध चलाएको बन्दुक र यही राज्यको बन्दुक चलाउन आदेश दिने मन्त्रालयका मन्त्री बने पछि के फरक हुने छ ? कस्तो परिणाम ल्याउने छन् सफल हुन्छन् या असफल त्यो समयले बताउला ।