प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे उपािधका लागी आर्मी र पुलिस भिड्दै

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे उपािधका लागी आर्मी र पुलिस भिड्दै

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाणडाै , २५ जेठ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागी दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा बिहिवार हुने फाइनल खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो ।

त्यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । मुलुकको सर्वाधिक पुरस्कार राशि भएको जारी उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अपराजित छ । समूहचरणको खेलमा तीन खेल खेलेको आर्मीले तीन खेलमा नै जित हासिल गरेको थियो । पहिलो खेल पूर्वाञ्चल विकास क्षेत्रलाई– ९ विकेटले पराजित गर्दै आर्मीले विजयी भएको थियो ।
त्यसैगरी आर्मीले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई आठ विकेट र नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो ।

यता समूह चरणको खेलमा समान तीन खेल नै खेलेको नेपाल पुलिस क्लबले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो ।

पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सात विकेट र पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेका थिए । त्यस्तै क्लबले आर्मीसँग भने पराजित भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख प्राप्त गर्नेछ भने उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । फाइनल खेल बिहिवार बिहान ९ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिवी मैदानमा सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ