देउवाको गल्तीले माओवादी द्धन्द बढेको स्मरण गराउदै महतोले भने , अब यस्तो नर्गलान् !

देउवाको गल्तीले माओवादी द्धन्द बढेको स्मरण गराउदै महतोले भने , अब यस्तो नर्गलान् !

असार १४ को निर्वाचन सार्न माग 

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

सर्लाही ,जेष्ठ २४ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन सार्न माग गर्नुभएको छ ।

गृह जिल्ला सर्लाहीको मलंगवामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले तत्कालै मधेसको माग पुरा भएपनि असरा १४ मा निर्वाचनमा भाग लिन नभ्याउने अवस्था रहेका बताउनु भयो ।

राजपाको पहिलो लक्ष्य अधिकार प्राप्ति भएको उल्लेख गर्दै उहाँले त्यसपछि चुनाव गर्नु उचित हुने बताउनुभयो ।

मधेसले लामो आन्दोलन र सहादत दिएको निर्वाचनका लागि नभई संविधानमा अधिकार सुनिश्चित गर्नका लागि भएको महतोको स्पष्टोक्ति थियो ।

तोकिएको चुनाव मिति अुनसार असार २ गते मनोनय गर्नुपर्ने अवस्थामा राजपाले तयारी गर्न नभ्याउने उहाँको भनाई थियो ।

२० वर्षसम्म स्थानीय चुनाव नहुँदा फरक नपर्ने तर अहिले केहिदिन सार्दैमा कोकोहोलो मच्चाउन पर्दैन महतोले भन्नुभयो , शान्ति र स्थिरता ल्याउने गरि चुनाव हुनुपर्छ त्यसैले केहि समय पछि मात्रै चुनाव गराउनुपर्छ ।

भर्खरै प्रधानमन्त्रीमा चयन भएका शेरबहादुर देउवाको एउटा गल्तीले माओवादी द्वन्द्व बढेर हजारौंको ज्यान गएको स्मरण गराउँदै महतोले भन्नुभयो ‘पुरानो गल्तीबाट सिकेर देउवाजीले अहिले फेरि द्वन्द्व बढाउने काम गर्नु हुन्न भन्ने विश्वास लिएका छौं । मधेसको मागलाई उहाँले गम्भीरतापूर्वक लिनुहुने आशा राखेका छौं ।’

उहाँले तत्कालिन माओवादीले राखेको ४० सुत्रीय मागलाई रद्दिको टोकरीमा फ्याल्ने गल्ती गर्दा देश आर्थिक, सामाजिक र विकासमा निकै पछाडि परेको इतिहासलाई परिपक्व प्रधानमन्त्रीले नदोर्होयाउनेमा आफू आशावादी भएको उहाँको भनाई छ ।

मधेसको मुख्य शक्ति राजपालाई बाहिर राखेर चुनाव गर्दा मुलुक फेरी नसोचिएको द्वन्द्वमा जाने पनि उहाँले चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ