महराको नेतृत्वमा माओवादी केन्द्रबाट तीन मन्त्री सरकारमा जाने , जनार्दनलाई गृहको जिम्मेवारी  

महराको नेतृत्वमा माओवादी केन्द्रबाट तीन मन्त्री सरकारमा जाने , जनार्दनलाई गृहको जिम्मेवारी  

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,२४ जेठ ।

नेकपा माओवादी केन्द्र कृष्णबहादुर महराको नेतृत्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

माओवादी केन्द्रीय कार्यालयको आज बसेको बैठकले महरालाई उपप्रधान र परराष्ट्र, जनार्दन शर्मालाई गृह र प्रभू साहलाई बिनाविभागीय मन्त्रीमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो ।

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थमन्त्री रहनुभएको थियो भने शर्माले उर्जामन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नयाँ प्रधानमन्त्री र मन्त्रीले आज दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवासमा शपथग्रहण गर्नेछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार संसद्मा ३ सय ८८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वा्चित भएपछि नयाँ मन्त्रीमण्डल गठन हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी