स्थानीय जनप्रतिनिधिलाई भोली (बिहिवार) देखि प्रशिक्षण

स्थानीय जनप्रतिनिधिलाई भोली (बिहिवार) देखि प्रशिक्षण

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, २४ जेठ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय जनप्रतिनिधिलाई भोलीदेखि नयाँ संरचनाअनुसार स्थानीय अधिकारका बारेमा अभिमुखीकरण तालिम दिने भएको छ ।

थानीय तह निर्वाचनमा चुनिएका नगर तथा गाउँपालिका प्रमुखलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जिम्मेवार बनाउन भोलीदेखि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको हो ।

भोलीबाट जेठ २७ गतेसम्म धुलिखेलमा प्रदेश नं ३ का स्थानीय जनप्रतिनिधिलाई अभिमुखीकरण प्रशिक्ष्ण दिने छ ।

यस्तै यही जेठ ३० देखि आगामी असार १ गतेसम्म प्रदेश नं ४ अन्तर्गत पोखरामा कार्यक्रम सञ्चालन गरिनेछ । भने आगामी असार ४ देखि ६ गतेसम्म प्रदेश नं ६ को सुर्खेतमा पनि तालीम प्रदान गरिनेछ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका तीनवटा प्रदेशमा दिइने अभिमुखीकरण तालीम कार्यक्रममा स्थानीय विकाससम्बन्धी विज्ञ जनशक्तिले १२ वटा सत्रमा तीन दिनसम्म कक्षा लिने पाठ्यक्रम विकास गरिएको छ ।

स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने कुरा, योजना निर्माण, स्थानीय तहमा सङ्घको समन्वय तथा जनशक्ति, स्रोत व्यवस्थापनका तथा बजेट विनियोजनका विषयका बारेमा अनुशिक्षणका साथै आवश्यक तालिम दिइनेछ ।

दोस्रो चरणमा निर्वाचन भएपछि ती चार प्रदेशमा पनि यस्तो अभिमुखीकरण सञ्चालन गरिने सहसचिव रुद्रसिंह तामाङले जानकारी दिनुभयो । अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिनेछ ।

पहिलो चरणमा गत वैशाख ३१ मा गरिएको चुनावमा २८३ स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको छ । भरतपुर महानगरपालिकामा भएको निर्वाचनको केही विवादका कारण अन्तिम परिणाम आउन भने बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ