१३ औं दक्षिण एसियाली खेलकुदमा २८ खेल समावेश गर्न प्रस्ताव

१३ औं दक्षिण एसियाली खेलकुदमा २८ खेल समावेश गर्न प्रस्ताव

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, जेठ २४ । दक्षिण एसियाली ओलम्पिक परिषदको कार्यकारिणी समितिको वैठकले सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदमा २८ खेल समावेश गर्न प्रस्ताव गरिएको छ ।

भुटानमा जारी  वैठकले यसअघि आयोजक नेपालले २३ खेल समावेश गर्ने प्रस्ताव राख्ने बताएपनि अन्तिम समयमा आएर ५ खेल थप गर्ने निर्णय गरेकाे हाे ।

कति खेल समावेश गर्ने भन्ने अन्तिम निर्णय यही वर्ष अस्गाबादमा हुने एसिएन ईन्डोर गेम्सको दौरान बस्ने वैठकले गर्नेछ ।

भुटानमा जारी दक्षिण एशीयाली ओलम्पिक परिषदको वैठकले अफ्गानिस्तानलाई दक्षिण एशियाली समुहबाट हटाएको औपचारिक निर्णय समेत गरेको छ ।

यसअघि अफ्गानिस्तनले पनि दक्षिण एशीयाली खेलकुदमा सहभागिता जनाउँदै आएको थियो ।

१४ औं साग कुन देशले आयोजना गर्ने भन्ने विषयमा भने यसपछि मालदिभ्समा हुने वैठकले निर्णय गर्ने भुटानबाट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी