प्रधानमन्त्री देउवाले आज सपथ ग्रहण गर्दै , आजै सानो आकारको मन्त्रिपरिषद बन्ने

प्रधानमन्त्री देउवाले आज सपथ ग्रहण गर्दै , आजै सानो आकारको मन्त्रिपरिषद बन्ने

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, जेठ २४ ।
नवनिर्वा्चित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ ।
आज दिउसो दुई बजे राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले सपथ लिने कार्यक्रम तय गरिएको जनाईएको छ । आज नै उहाँले पदभार ग्रहण गरेलगत्तै सानो आकारको मन्त्रिपरिषद गठनको समेत तयारी गर्नुभएको छ ।
पहिलो चरणमा कांग्रेस र माओवादी केन्द्रबाट तीन तीन जना र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारसहितको मन्त्रीमण्डल बन्ने सम्भावना रहेको छ ।
यसअघि मंगलबार संसद भवन बानेश्वरमा भएको प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवा ३ सय ८८ मतका साथ प्रधानमन्त्रीमा निर्वा्चित हुनुभएको हो ।
देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो । संसदमा ५ सय ९३ सदस्य कायम रहेकोमा प्रधानमन्त्री चयनको निर्वाचनमा ५ सय ५८ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी