म एस्तो गीत गाउँछु को ट्रेलर शुक्रबारबाट ,ट्रेलर आउनु अगाडीनै चलचित्रको जताततै चर्चा

म एस्तो गीत गाउँछु को ट्रेलर शुक्रबारबाट ,ट्रेलर आउनु अगाडीनै चलचित्रको जताततै चर्चा

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली चलचित्रमा पछिल्लो पटक उतारचढाव आइरहेको छ । केहि चलचित्रहरुले हलमा दर्शकलाइ तानिरहेको छ त्यस भित्र यही असाढ ३० गते रिलिज हुन् लागेको दर्शकहरुले निकै प्रतिक्षा गरेको चलचित्र “म एस्तो गीत गाउँछु”को “भन्छु आज”बोलको गीत बजारमा आएको केहि दिनमै ३० लाख भन्दा बढी दर्शकहरुले मन पराएका छन । सबै दर्शकले चलचित्रको प्रतीक्षामा रहेको कमेन्ट गरिरहदा चलचित्रको ट्रेलर कहिले आउला भनेर थप प्रतीक्षामा रहेको देखिन्छ । “भन्छु आज”को कभर भिडियो दैनिक पोस्ट हुन् थालेपछि झनै दर्शकहरुमा उत्साह थपिदिएको छ यस चलचित्रले । यही शुक्रबारबाट ट्रेलर समेत सार्बजनिक हुन लागेको भन्दै चलचित्रका निर्देशक सुदर्शन थापा भन्छन “अझ यस चलचित्रमा अन्य गीतहरु पनि उतिकै उत्कृष्ट रहेको छ र अन्य गीतले पनि चौतर्फी सफलता पाउने छ ,चलचित्रको हकमा भन्ने हो भने मैले निर्माण गरेको चलचित्र मध्यकै सबै भन्दा उत्कृष्ट लागेको चलचित्र छ , ट्रेलर आएपछिनै थाह पाउनुहुने छ दर्शकले कस्तो होला चलचित्र भनेर”।
उक्त चलचित्रमा तिन वटा गीत समाबेस गरिएको छ । निर्देशक सुदर्सन थापाको शब्द रहेको यस गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको छ । उक्त चलचित्रमा पल साह र पुजा शर्मा मुख्य भूमिकामा रहेका छन भने त्यस्तै सरोज खनाल , रुपा राना , राजाराम पौडेल , मोहन निरौला , नबिन मानन्दर , बिक्रम सेन र अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । पुजा शर्मा र सुदर्शन थापा निर्माता रहेको उक्त चलचित्रलाई असार ३० गते रिलिज मिति तोकिएको छ ।
एस्तो छ “भन्छु आज”को पुरा भिडियो :
[youtube https://www.youtube.com/watch?v=50kklGefAcs]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी