देउवा बने चौथो पटक नेपालको ४० औ प्रधानमन्त्री ,करिब दुई तिहाइको समर्थन

देउवा बने चौथो पटक नेपालको ४० औ प्रधानमन्त्री ,करिब दुई तिहाइको समर्थन

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,२३ जेठ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपालको ४० औ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।व्यवस्थापिका संसदको आजको बैठकमा भएको निर्वाचनमा देउवाले संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७० मत परेको छ । मतदान प्रक्रियामा कूल ५५८ सांसद सहभाथि थिए ।

देउवाले उम्मेदवारीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव र समर्थक रामचन्द्र पौडेलसमेत पाँच जनाले समर्थन गरेका थिए । नियम ४९ को उपनियम ५ बमोजिम सभामुखले उनको उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्नुभयो ।

एउटा मात्र उम्मेदवारी दर्ता भएकोले उपनियम ७ आकर्षित भएकाले संसदको निर्णय मतविभाजनबाट हुनुअघि सभामुखले संसदबाहिर रहेका सांसदलाई संसद भित्र आउनका लागि तीन मिनेटको जनाउ घण्टी बजाउन लगाउनु भएको थियो ।

देउवाको पक्षमा हुन्छ र हुन्न भन्ने सांसदहरुलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष ९लबी० मा प्रवेश गराएर त्यहाँ राखिएको क्रमसंख्या अनुसारको नाममा सांसदहरुले आफ्नो मत जाहेर गरेका थिए । संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउदै देउवा औपचारिक रुपमा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरिएको थियो ।

देउवा चौथो पटक मुलुकको ४० औ प्रधानमन्त्री बन्नुभएको हो । संसदको ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले यसअघि तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी निभाइसक्नुभएको छ ।

देउवा पहिलो पटक २०५२ साल भदौ २७ मा प्रधानमन्त्री बन्नुभएको थियो । त्यस पछि देउवा दोस्रो पटक प्रधानमन्त्री भएका थिए २०५८ सालमा । त्यस बेला दरबार हत्याकाण्ड पछि राजा बनेका ज्ञानेन्द्र शाहले उनलाई चुनाव गराउन असक्षम भएको आरोप लगाउदै संसद विघटन गरेर उहाँलाई प्रधानमन्त्रीबाट अपदस्त गर्नुभयो ।

पछिल्लो पटक ६१ सालमा पुनः उनै ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्री बनाए । तर त्यो पनि लामो समय टिकेन । माघ १९, २०६१ सालमा कु गरी सत्ता हत्याए पछि देउवा पुनः प्रधानमन्त्रीबाट बर्खास्तीमा पर्नुभयो

यस्तै १५ महिना अघि देउवा कांग्रेसको तत्कालिन संस्थापन पक्षलाई हराउँदै पार्टी सभापति भएको थियो । सुशील कोइरालाको निधनपछि भएको पार्टी संसदीय दलको चुनावमा उहाँ दलको नेता चुनिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ