जेष्ठ २३ काठमाण्डौं ।
नेपालले आज भारत विरुद्ध हुने मैत्रीपूर्ण फुटबलमा खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
मुम्बईमा साझ सवा ७ बजे पछि हुने खेलमा नेपालको कप्तानी विराज महर्जनले गर्ने छन् भने स्ट्राईकको जिम्मा नवयुग श्रेष्ठ र विमल घर्ती मगरले पाएका छन् ।
प्रशिक्षक कोजीले पहिलो रोजाईमा गोल किपरमा किरण चेमजोङ, डिफेन्डरमा कप्तान विराज महर्जन, आदित्य चौधरी, अनन्त तामाङ र कमल श्रेष्ठलाई छानेका छन् ।
मिडफिल्डमा रोहित चन्द, सुजल श्रेष्ठ, हेमन गुरुङ र अन्जन विष्ट रहेका छन् ।
नेपालले अर्को साता काठमाण्डौंमा हुने एएफसी कपको छनौट चरण अन्तर्गतको खेलमा यमन विरुद्ध खेल्नु पूर्व भारतसगँ अभ्यास खेल खेल्न लागेको हो । नेपालले आफ्नो पहिलो खेलमा फिलिपिन्ससगँ पराजीत भए पछि नेपाल दवावमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline