के नेपालले भारत विरुद्ध बाजी मार्ला ?

के नेपालले भारत विरुद्ध बाजी मार्ला ?

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौं जेष्ठ २३ । नेपाली फुटबलमा पछिल्लो समय केही सुखद नतिजाहरु देखिएका छन् । खास गरी लामो समय एन्फाको नेतृत्व गरेका गणेश थापाको निलम्बन र सागर थापा सहित पूर्व ५ खेलाडीमाथिको मिलेमतोको खुलासाको पीडाबाट उठ्ने क्रममा ।
त्यो क्षणले नेपाली फुटबलको साख कमजोर तुल्याएको थियो । तर बगबन्धु गोल्डकप, साग र एफसी सोलीडारीटी कपको फाईनल जीते पछि नेपाली फुटबलले आफ्नो बाटो सकारात्मक दिशामा अगाडी बढाएको संकेत दिएको छ ।
केही समय अघि फिलिपिन्स विरुद्धको खेलमा पराजय ब्यहोरेको नेपालले आज परम्परागत प्रतिद्धन्दी भारत विरुद्ध आज मैत्रीपूर्ण खेल खेल्दै छ ।
साँझ सवा ७ बजे पछि अधेरी स्पोर्टस क्लबमा हुने खेलमा नेपाल नयाँ पुराना मिश्रित खेलाडीहरु सहित जीत हासिल गर्ने लक्ष्य सहित उत्रने छ ।
तर भारत उच्च स्तरमा खेलिरहेको टोली भएकाले नेपालको लागि जीत उच्च स्तरीय प्रदर्शनमा मात्र संभव छ । नेपालका प्रशिक्षक कोजीले कप्तान विराज महर्जनको नेतृत्वमा उत्कृष्ट टिम समायोजन गर्ने अपेक्षा राखिएको छ ।
यो अभ्यास खेल एएफसी छनौट अन्तर्गत यमन विरुद्धको खेलका लागि तयारी स्वरुप पनि हो । नेपालले यमन विरुद्ध अर्को साता घरेलु मैदानमै होम म्याच खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ