बानेस्वरका अक्षय ‘मिस्टर नेपाल २०१७’

बानेस्वरका अक्षय ‘मिस्टर नेपाल २०१७’

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं । बानेस्वरका २२ बर्षिया अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । अनामनगर स्थित लिवटी कलेज बिबिए अध्यायनरत रायमाझीले २८ प्रतिष्पर्दीलाई पछाडी पार्दै उपाधि जितेका हुन् । मष्टकन्जेटिभ उपाधी समेत जितेका उनले अभिनयका लागि बिभिन्न न अवसरका साथमा थुप्रै गिफ्ट समेत हात पारे । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा धुर्व बुढाथोकी, आषिस ताम्राकार क्रमस फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित हुँदा डा. श्रीराम चन्द, अमृत दाहाल क्रमश फष्ट थर्ड रनर अप र फोर्थ रनर अप चुनिए । सबै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे ।
अभिनेता रेश मरहठ्ठा, गायिका कोमल वाली, अभिनेत्री सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदिस्वर थापा, शैलजा आचार्य लगायत निर्णायक रहेको प्रतियोगीता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजना हँुदै आएको आयोजक एक्सपोज नेपालमा म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन् ।
उद्योग मन्त्री नबिन्द्रराज जोसी मुख्य अतिथी रहेको कार्यक्रममा कलाकार किरण केसी, चलचित्र प्रेम गीतका हिरो प्रदीप खड्का, निर्माता सन्तोस सेन, कलाकार रवि गिरी, पत्रकार कुबेर गिरी, श्याम अर्याल लगायत खेलकुद तथा अन्य क्षेत्रका बिभिन्न ब्यक्ति सम्मानित भए ।


१६ देखि ३५ बर्ष ननाघेका उत्साही युवाहरु सहभागी प्रतियोगीतामा आधा दर्जन उप–शीर्षकमा विजेता घोषित गरिएको थियो । जसमा मेकओभर यादव राउत, पब्लिक च्वाइस भेषराज खत्री, मल्टिमिडिया सचिन बोगटी, भ्युयुर च्वाइस राजेश राउत, फोटो जेनिक सुजन लामा, बेष्ट ट्यालेन्ट प्रशान्त ढकाल, बेष्ट मोडल अमृत दाहाल, बेष्टवाक आषिश ताम्रकार, बेष्ट फिजिकल धुर्व बुढाथोकी, मिष्टर स्पोट डा.श्रीराम चन्द, बेष्ट पर्सनालिटी लक्की खड्गी, बेष्ट ह्याण्डसम प्रकाश शाह, बेष्ट डान्सर नबिन श्रेष्ठ, फेसनआइकन सुजप श्रेष्ठ, क्रियटिभ ड्रेस आषिक ताम्राकार बेष्ट पफमेन्स सरिन लामा, मोष्ट चार्मिङमा सागर रिसाल घोषित भए ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायतका प्रशिक्षण सहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतारेको बताउँदै एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले आगामी वर्षमा प्रतियोगीता झन् आकर्षक तवरले प्रस्तुत गरिने बताए ।
इमेज च्यानल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको प्रतियोगीतामा शुशिल नेपाल, कला सुब्बा र रोजिन शाही प्रस्तोताको रुपमा रहेका थिए । गीत, नृत्य र हाँस्यको बेजोड प्रस्तुतिका बिच सम्पन्न प्रतियोगीतामा थुप्रै कलाकारको पनि उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी