सभामुखको पहलमा प्रमुख दलहरुको बैठम जारी , एमाले अध्यक्ष ओली अनुपस्थीत

सभामुखको पहलमा प्रमुख दलहरुको बैठम जारी , एमाले अध्यक्ष ओली अनुपस्थीत

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ,२२ जेठ ।
संसदको गतिरोध अन्त्य गर्ने प्रयासमा सभामुख ओनसरी घर्तीको आह्वानमा मुख्य तीन दलका शिर्ष नेता र प्रमुख सचेतकको संयुक्त बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा एमाले अध्यक्ष ओली बाहेक अन्य दलका शिर्ष नेता सहभागी छन् ।
संसदीय गतिरोध अन्त्य गरी भोली हुने प्रधानमन्त्रीको निर्वाचनका लागि सहज वातावरण बनाउने विषयमा जारी छलफल एमालेबाट ओली बाहेकका शिर्ष नेताहरुले सहभागीता जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपूर महानगरमा मतपत्र च्यातिएको विषयलाई लिएर लगातार संसद बैठक अवरुद्ध गर्दै आएपछि प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

यसअघि हिजोको संसद बैठकमा मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि मतदान गर्ने जनाएपनि एमालेले सदन अवरोध जारी राख्ने जनाएपछि बैठक भोलीसम्मका लागि स्थगित गरिएको छ ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख घर्तीले हिजो पनि प्रमुख दलका शिर्ष नेताको बैठक बोलाएर पहल गरेपनि सहमति जुट्न नसकेपछि आज थप छलफल गर्नुभएको हो ।

भोली हुने प्रधानमन्त्री निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र एकल उमेदवारी परेको छ । संसदमा देउवाको पक्षमा स्पष्ट बहुमत रहेकाले देउवा नै मुलुकको ४० औं प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ