नेपाल ओलम्पिक कमिटिको टोली आज भुटान प्रस्थान

नेपाल ओलम्पिक कमिटिको टोली आज भुटान प्रस्थान

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सि, २२ जेठ ।

दक्षिण एसियाली ओलम्पिक परिषदको बैठकमा भाग लिन नेपाल ओलम्पिक कमिटिको टोली आज भुटान प्रस्थान गरेको छ ।

दक्षिण एसियाली ओलम्पिक परिषदको समेत अध्यक्षता गरिरहेका नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा टोली भुटान गएको हो ।

भुटानमा मंगलबार र बुधबार दुई दिनसम्म चल्ने बैठकको मुख्य एजेण्डा आसन्न १३ औं दक्षिण एसियाली खेलकुद रहेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद सन् २०१९ मा नेपालले आयोजना गर्नुपर्नेछ । त्यसका लागि नेपालले २३ खेल समावेश गर्ने प्रस्ताव लैजाने छ ।

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठका अनुसार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयसँगको छलफलमा गरिएको निर्णयका आधारमा २३ खेल प्रस्ताव गर्न लागिएको हो ।

भुटान गएको नेपाली टोलीमा अध्यक्ष श्रेष्ठसँगै ओलम्पिक कमिटीका महासिचव लामा टेण्डी शेर्पा, सदस्य निलेन्द्र श्रेष्ठ, सुजन श्रेष्ठ लगायत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ