राजपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने

राजपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने

  • आइतवार, जेष्ठ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २१ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निश्चित भएको छ ।

यस विषयमा टुङ्गो लगाउन आज बिजुलीबजारस्थित कार्यालयमा दिनभर बसेको राजपा अध्यक्ष मण्डलको बैठकले कुनै निर्णय भने लिन सकेन । तथापि, आफ्ना मुद्धा सम्बोधनका लागि लिखित प्रतिबद्धता जनाएको खण्डमा समर्थन गर्ने निर्णय भएको अध्यक्ष मण्डलका एक नेताले राससलाई बताउनुभयो ।

“काँग्रेसले हिजो पनि समर्थनका लागि आग्रह गरेको थियो, आज पनि संसद्मा रहेका साथीहरुसँग आग्रह गरेको छ, हाम्रा मुद्धा सम्बोधनका लागि सभापति देउवाले लिखित सहमति गरेर भएपनि जाने प्रतिबद्धता जनाउनु भएको छ, यसलाई पार्टीले सकारात्मक रुपमा लिएको छ, प्रधानमन्त्रीको निर्वाचन पनि सरेकाले थप छलफल गरेर निर्णय लिन्छौँ”–उहाँले भन्नुभयो ।

अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्री पदमा काँग्रेस सभापति देउवालाई समर्थन गर्नेबारे पार्टीभित्र सकारात्मक धारणा आएकाले यसबारे अर्को बैठकले निर्णय गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ