जेष्ठ २१ काठमाण्डौं । आज सदन अवरोध नभएको भए संभवतः नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री चुनिन सक्थे । चौथो पटक फरक पृष्टभूमिमा प्रधानमन्त्री हुन लागेका देउवा विरुद्ध एमाले सहित कुनै पनि विपक्षीको उम्मेद्धारी नपरेका कारण उनको प्रधानमन्त्री पक्का पक्की छ ।
तर भरतपुरमा मत पत्र च्यातिएको स्थानमा पुनः निर्वाचन गराउने भन्ने निर्वाचन आयोगको फैसला पछि आक्रोसित एमालेले सदन अवरोध गरे पछि देउवाको चौथो कुर्सी रोड आज पनि प्रभावित बनेको हो ।
एउटा बुथमा माओवादी कार्यकर्ताले मत पत्र च्याते पछि पुनः त्यस वडामा निर्वाचन गराउने आयोगले निर्णय गरेको थियो ।
पटक पटक प्रधानमन्त्री भए पछि विवादास्पद कदम चालेका देउवा संक्रमणकालीन परिवेशमा पुनः प्रधानमन्त्री बन्न लागेका छन् ।
एमालेले भरतपुर लगायत विभिन्न विषय बनाउदै लगातार सदन अवरोध गर्दै आएको छ ।