कलाकारहरुको जमघटमा ढोरपाटन कलाकार संघ निर्माण

कलाकारहरुको जमघटमा ढोरपाटन कलाकार संघ निर्माण

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली गीत संगीतलाई अगाडी बढाउने हेतु र निस्वार्थ समाज सेवाको लागि तल्लिन रहने सोचाईको साथ् अगाडी बढ्न लागेको ढोरपाटन कलाकार संघ नेपालको नया कार्यसमितिको चयन सम्पन्न भएको छ ।सस्थाका सस्थापक अध्यक्ष युवराज मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा झन्डै ३ दर्जन हाराहारीका बागलुङका कलाकारहरुको सहभागिता रहेको थियो ।सस्थाको सस्थापक सल्लाहकारको रुपमा जगत घर्ती मगर , ढोरपाटन नगरपालिकाको मियर देवकुमार नेपाली, अर्जुन सेरचन,भुमि मगर ,देबेन्द्र घर्ती मगर ,लाइन्स क्लबका अधक्ष्य मित्र काफ्ले,लोक गायिका कृष्टी गुरुङ सहितको नया कार्य समितिको चयन सम्पन्न भएको हो ।सस्थाका बर्तमान तथा सस्थापक अधक्ष्य युबराज मगरले कार्यक्रमको समापन समयमा भन्नु भयो “हामी कुनै धन सम्पती कमाउनको लक्ष्यले यो सस्था निर्माण गरेका हैनौ र कुनै व्यक्तिलाई देखाउनको लागी पनि हैन हामी निस्वार्थ भावनाका साथ् एक भएर समाजसेवा,पिछडिएका पिडित कलाकारको उत्थान र बिकाशको लागि यो सस्था निर्माण गरेका हौ र मेरो कार्यकाल भरि यस सस्थाबाट म र हाम्रो सस्थाको तर्फबाट बालबालिका ,कुनैपनि दैविक प्रकोप देखि लिएर अन्य बिभिन्न भै परि आउने घटनालाइ साम्य बनाउन यस सस्था निर्माण गरेको हौ”।सस्था निर्माणको सुरुवाती समयमै अक्षयकोषमा रु ८१ हजार ५ सय जम्म भएको छ ।सस्थाकै बिभिन्न पदाधिकारीहरुको पहलमा यो कार्य सफल भएको हो ।आगामी दिनमा पनि धेरै नया नया कार्ययोजना लिएर जाने सस्थाका प्रतिनिधि गर्दै आएका महासचिब आसिस बिसीले जानकारी दिनुभयो ।
सस्थाको लागि नया कार्यसमिति यस प्रकार छ :-
अध्यक्ष :युवराज मगर
बरिस्ठ उपाध्यक्ष :रामु बिरही
प्रथम उपाध्यक्ष :निर्मल क्षेत्री
दिद्द्तिय उपाध्यक्ष :एकिन्द्र सारा शंकर
तृतीय उपाध्यक्ष :बालचन्द्र बराल
महिला उपाध्यक्ष :कालिका रोक्का
महा-सचिव :आशिष् बिसी
कोषाध्यक्ष :तिर्सना घर्ती मगमगर
सह-कोषाध्यक्ष :सरिता छन्त्याल
सचिब:राजेन्द्र घर्ती
सदस्यहरु :
किरण आचार्य
सुमित्रा गुरुङ
भुमिराज थापा
हिमाल बिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी