प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा समिकरण पूरा, एपीएफ र पुलिस भिड्ने

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा समिकरण पूरा, एपीएफ र पुलिस भिड्ने

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं २० जेठ ।

प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा मध्यमाञ्चललाई ६ विकेटले हराएर एपीएफ समूह ए को विजेता बनेसँगै सेमिफाइनलमा समिकरण तय भएको हो ।

समूह ए मा लगातार तीन खेल जित्दै एपीएफ समूह विजेता बन्दा पश्चिमाञ्चल उपविजेता बन्यो ।

आज दिउसो कीर्तिरपुरस्थति टीयू मैदानमा मध्यमाञ्चलका हसिम अन्सारीले जारी प्रतियोगिताकै पहिलो शतक प्रहार गरेपनि जितका लागि पर्याप्त भए ।

अन्सारीको शतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले ४८.३ ओभरमा अलआउट हुनुअघि १८८ रन बनाए । १२४ बल खेलेका अन्सारीले १२ चौका र १ छक्काको मद्दतमा १०१ रन बनाए । नियमित कप्तान शरद भेषावकरको अनुपस्थितीमा अन्सारीले कप्तानी समेत सम्हालेका थिए ।

सोनु तामाङले २७ तथा रसिद खानले ११ रन बनाउनुबाहेक मध्यमाञ्चलका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

एपीएफका कप्तान ज्ञानेन्द्र मल्लले ४ तथा अभिनसा बोहरा र भुवन कार्कीले समान २ विकेट लिए ।

जवाफमा अनिल शाहले नटआउट ७८ रन बनाएपछि एपीएफले १८८ रनको लक्ष्य ३४ ओभरमा ५ विकेट गुमाएर पूरा र्गयो। ८५ बल खेलेका शाहले ११ चौका र २ छक्का समेत प्रहार गरे ।

यस्तै ओपनर सन्दीप सुनारले ४१ तथा आसिफ शेखले २२ रनकव योगदान गरे भने कप्तान ज्ञानेन्द्र २८ रनमा नटआउट रहे । बलिङमा मध्यमाञ्चलका शसी केशरीले ३ विकेट लिए ।

एपीएफले अब विभागीय डर्बीमा सोमबार पहिलो सेमिफाइनल खेल नेपाल पुलिससँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनल समूह बी को विजेता त्रिभुवन आर्मी र पश्चिमाञ्चलबीच मगलबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी