भरतपुर महानगरपालीकामा पुनः मतदान हुने , एमालेद्धारा आन्दोलनको चेतावनी

भरतपुर महानगरपालीकामा पुनः मतदान हुने , एमालेद्धारा आन्दोलनको चेतावनी

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ ,२० जेठ ।

निर्वाचन आयोगले मतपत्र च्यातिएपछि विवादीत बनेको चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकले मतगणनाको क्रममा मतपत्र च्यातिएपछि स्थगित भएको भरतपुर महानगरको वडा नम्बर १९ मा पुन मतदान गर्नुपर्ने निष्र्कष निकालेको हो ।

अनुगमन टोलीले तयार पारेको प्रतिवेदन अध्ययन गर्दा मतगणना स्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि भएको उल्लेख गर्दै निर्वाचन आयोगले वडा नम्बर १९ को मतदान केन्द्रलाई अवैध घोषित गरेर मतदान रद्ध गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकले रद्ध गरिएको मतदान केन्द्रको पुन मतदान गराउन भरतपुर महानगरका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।

गत जेठ १४ गते राती भरतपुर महानगरको वडा नम्बर १९ को मतगणनाको क्रममा ९० वटा मतपत्र च्यातिएको थियो ।
उता , प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको निर्णयमा आपत्ती जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगको निर्णय आपत्तीजनक भएको बताउदै आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ