काठमाण्डौ ,२० जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक संस्कारको विकास गर्नुपर्ने जोड दिनुभएको छ ।
संसदमा भोली हुने प्रधानमन्त्री निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावक बसेपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले राजनीतिक स्थिरता र समृद्धि तर्फ मुलुकलाई अघि बढाउनुपर्ने बताउनु भयो ।
देउवा प्रधानमन्त्री बन्ने निश्चित रहेको संकेत गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो , सत्ता हस्तान्तरणको प्रक्रिया राजीनामाबाटै सुरु गरेको बताउनु भयो।
उहाँले आफुलाई दिएको जिम्मेवारी इमानदारीताका साथ पुरा गरेको पनि उल्लेख गर्नुभयो ।
सन्चारकर्मीको जिज्ञासामा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले अब बन्ने प्रधानमन्त्रीले मात्रै दोस्रो चरणको निर्वाचन सफल बनाउन नसक्ने भएकाले सबैले मिलेर नै पुरा गर्नुपर्ने बताउनु भयो।
उहाँले भन्नुभयो, प्रचुर सम्भावना र गम्भीर चुनौती हामी सामु छन्, त्यसैले सबै मिलेर देशलाई सफल पार्नुपर्छ ।
प्रधानमन्त्री दाहालले देशलाई सफल पार्न सबै राजनीतिक शक्ति एक जुट हुनको विकल्प नभएको बताउनु भयो ।