‘लेट मी डान्स नेपाल’को फाईनलमा ८ जना

‘लेट मी डान्स नेपाल’को फाईनलमा ८ जना

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं– ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाईनलमा ८ जना प्रतिस्पर्धीहरु छानिएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा संचालन हुँदै आएको ‘लेट मी डान्स नेपाल’ को दास्रो संस्करणको फाईनल यही जेष्ठ १८ राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन् छ ।
‘लेट मी डान्स नेपाल’ को दोस्रो संस्करण ‘सिजन–२’ तीन माहिनाअघि झपाको वृत्तामोड, सुनसरिको बिराटनगर, बाँकेको नेपालगञ्ज कैलालिको धनगढी, कास्कीको पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठूला सहरहरुमा अडिसन लिईएको थियो ।
देशैभरिको अडिसनबाट सय जना प्रतियोगीहरु छानिएका थिए । उक्त प्रतियोगीहरुलाई काठमाडौंमा ल्याईएको थियो । उनीहरुलाई आयोजक संस्थाले निःशुल्क खाने, बस्ने ब्यावस्था गरिरहेको छ ।
देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पु¥याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ प्रतियोगीताका आयोजक तथा संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए ।
‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५, उत्कृष्ट ११ हुँदै उत्कृष्ट ८ मा फाईनल हुने भएको हो । फाईनलमा दाङबाट खिमा काउचा मगर, काभे्रबाट दीपा तामाङ र पुसम गिरी, म्याग्दीबाट विष्णु मगर, धादीङबाट योगेस श्रेष्ठ, ललितपुरबाट अभिषेक महर्जन, मोरङबाट स्वास्तीका भेटवाल र सुनसरिबाट विकी घिमीरे रहेका छन् ।
‘लेट मी डान्स नेपाल’ प्रतियोगीता ‘सिजान–२’ का जर्जहरु नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका छन् । प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जर्जको निर्णयमा हुने छ । प्रतियोगीतामा विजेता हाँसिल गर्नेले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी