मिस नेपालको ताज निकितालाई

मिस नेपालको ताज निकितालाई

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं , १९ जेठ ।

यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् ।  आज सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दकले मिस नेपालको ताज जितेकी हुन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्।

उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्‍याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्।

मिस नेपाल फस्ट रनर अपको उपाधि‍‍‍‍‍ रोजिना श्रेष्ठले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् ।मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छिन्, मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह, मिस ब्‍यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्‍यासिफिक इन्टरनेशनल साहारा बस्‍नेत भएका छन्।

काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेत अडिसन गरेर शुक्रबार मिस नेपाल छनोट गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी