छोटो समयमा नै चर्चा बटुलेका पत्रकार तथा गायक साउद भन्छन् : खुलेर प्रेम गर्नुपर्छ (भिडियो सहित)

छोटो समयमा नै चर्चा बटुलेका पत्रकार तथा गायक साउद भन्छन् : खुलेर प्रेम गर्नुपर्छ (भिडियो सहित)

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

काठमाण्डौ ,१९ जेठ ।

विगत ६ बर्षदेखि रेडियो पत्रकारीता गर्दै आएका एस बी साउद पुनः साङगितिक बजारमा चर्चा बटुल्न सफल भएका छन् ।

सन् २०१३ बाट साङगितिक क्षेत्रमा पाईला टेकेका साउदले लामो संघर्ष पछि यो क्षेत्रमा चर्चा बटुल्न थालेका हुन् । सानै देखि स्कुल कलेज तथा गाँउ घरमा हुने सांगितिक कार्यक्रममा गित गाईहाल्ने साउदले राष्ट्रियब्यापि गायन प्रतियोगितामा सि«गिङ स्टारमा सहभागीता जनाएपछि पाएको प्रोत्साहनपछि आफ्नो सांगितिक यात्रालाई ब्यावसायीक रुपमा अघि बढाएक थिए ।

छोटो समयमा नै दर्शक श्रोताबाट माया र चर्चा पाउन सफल बनेका उनले करिब दुई बर्ष अघि मात्रै हास्दा हास्दै रुनु पर्ने बोलको पहिलो गित लिएर आएका थिए ।

सोहि गितबाट उनले औपचारीक रुपमा सांगितिक बजारमा पाईला हाले । त्यसपछि उनले लगातर तीन गित आफ्नै स्वर संगित र शब्दमा निकालीसकेका छन् । उनले आफ्नै स्वर सं्गित र शब्दमा भर्खरै दिलको उदार बोलको गित भिडियो सहित बजारमा ल्याएका छन् ।

पप आधुनिक गित दिलको उद्धारमा उनले प्रेम लुकिछिपि हैन खुलेर गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

पत्रकारीता सँगै सांगितीक क्षेत्रमा पाईला चाल्दै आएका एस.बी साउद बिशेषगरी सुगम संगिंतमा रुची राख्ने बताउछन् ।मिर्मिरेसँगको कुराकानीमा उनले भने ,मेरो अहिलेको गित बिशेष गरेर युवा पिडिका लागी हो । अहिले प्रेम एउटा फेसन बनिसक्यो यदि साचो प्रेम गरेको छ भने लुकेर बस्नु पर्दैन खुलम खुल्ला प्रेम गर्दा हुन्छ भन्ने शन्देश दिन खोजेको हो ।

पत्रकार तथा गायक साउद काठमाण्डौमा रहेको रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको समाचार वाचक पनि हुन् ।
भिडियो हेर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी