काठमाण्डौ ,जेष्ठ १९ ।
चलचित्र रातो घर आज शुक्रबारदेखि प्रदर्शन हुँदैछ । सायद, बितेका पल, बाटोमुनिको फूलबाट निर्देशनमा जमेका निर्देशक सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन रहेको चलचित्र बजारमा आउनु अघि नै चर्चा बटुलेको थियो ।
झापाको एउटा बस्तीमा आवारागर्दी गर्दै हिंड्ने पाँच युवक, जो लागूपदार्थको दुव्र्यसनमा परेका हुन्छन्, सीमानजिकै हुने अपराधको जालोमा पर्दै जाने र ठूलो रकमको लोभमा अपराधको बाटो रोज्दा हुने परिणामलाई चलचित्र रातो घरमा देखाइएको छ ।
एक्सन, थ्रिल, सस्पेन्स र हास्य विधालाई एकै पटक हेर्न पाइने चलचित्र रातो घरका निर्माता सुरज सुब्बा र विल्सनविक्रम राई हुन् । कालो काम गर्नेहरूको सेतो कथा भनिएको चलचित्र रातो घरमा काले दाइ गीतमा नाचेर चर्चा पाएकी माला लिम्बूले झकास झापाली गीतमा आइटम डान्स गरेकी छिन् । हरि घले लामाले छायांकन गरेको चलचित्र रातो घरमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ ।
संगीत महेश खड्कारडम्बर नेपाली को छ भने यसमा कलाकार विल्सनविक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, भानुप्रताप आदिले आ आफ्नो भूमिका निभएका छन् ।
https://youtu.be/vLpYXT03thA