प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १८ जेठ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा पश्चिमाञ्चलले लगातार दोस्रो जित हासिल गर्दै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको थियो । त्यसअघि भएको समूह चरणको पहिलो खेलमा भने पश्चिमाञ्चल सशस्त्र प्रहरी बल (एपिएफ)सँग पराजित भएको थियो ।

मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्यलाई पश्चिमाञ्चलले ११ दशमलव १ ओभरमा पूरा ग¥यो । पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २३, सौरभ खनालले २० तथा नुरध्वज सेनले १९ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमै अलआउट भयो । उसका लागि कप्तान सुबेन्दु पाण्डे, राजवीर सिंह र अमरसिंह रौतेलाले समान १३÷१३ रन जोडे ।

मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका विपिन खत्री र लाल अधिकारीले समान ४÷४ विकेट लिए भने कृष्ण कार्कीले २ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी