च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु

च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, जेठ १८ । क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु हँदैछ ।

इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले तोकेको समय सन् २०१५ को सेप्टेम्बरसम्ममा आईसीसी एक दिवसीय वरीयतामा शीर्ष आठ स्थानमा रहेका टोलीहरुले सहभागी हुने अवसर पाएका हुन् ।

आज हुने उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले द ओभल मैदानमा बंगलादेशको सामना गर्नेछ । ५० ओभरको ढाँचामा सञ्चालन हुने च्याम्पियन्स ट्रफीका सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह ए मा इंग्लण्ड, बंगलादेश, अष्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन् । यसैगरी समुह बी मा साविक विजेता भारत, पाकिस्तान, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।

वेष्ट इन्डिज भने यसपटक सहभागी हुन पाएन । सन् २००४ को च्याम्पियन वेष्ट इन्डिज पहिलो पटक प्रतियोगिताबाट बाहिर भएको हो ।

वेष्ट इन्डिज बाहिरिँदा बंगलादेशले सन् २००६ पछि पाहिलो पटक च्याम्पियन्स ट्रफी खेल्ने मौका पाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी