प्रधानमन्त्री कप क्रिकेट : पश्चिमाञ्चल ९५ रनले विजयी

प्रधानमन्त्री कप क्रिकेट : पश्चिमाञ्चल ९५ रनले विजयी

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताअन्तर्गत आज भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदान भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पश्चिमाञ्चलले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०२ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मध्यमाञ्चल ४३ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै १०७ रनमा समेटियो ।

पश्चिमाञ्चलको जितमा शौरभ खनालले ७८ रनको योगदान दिए । उनले ५८ बल खेल्दै छ छक्का र तीन चौकाको मद्दतमा ७८ रन जोडे । त्यस्तै कप्तान अन्तिम थापाले ३४, अनिल गुरुङले २८, विधान श्रेष्ठले १८ तथा कृष्ण कार्कीले १५ रन जोडे ।

बलिङतर्फ मध्यामाञ्चलका किशोर महतोले ३, नन्दन यादवले दुई तथा कप्तान शरद भेषवाकर र शशी केशरीले समान एक एक विकेट लिए ।

यता मध्यामाञ्चलका लागि भने इसान पाण्डेले २४, किशोर महतोले २०, रामसाद आलमले १५ तथा सुमित महर्जनले १० तथा कप्तान सरद भेषवाकरले ७ रन जोडे ।

बलिङतर्फ पश्चिमाञ्चलका लाल अधिकारी र रोहितकुमार पौडेलले समान तीन तीन विकेट लिए भने विपिन खत्रीले २ तथा कृष्ण कार्कीले एक विकेट लिए । प्रतियोगितामा म्यान अफ द म्याच पश्चिमाञ्चलका शौरभ खनाल घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी