काठमाडौं ,१७ जेठ ।
प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण ब्यावस्थापिका संसदको बैठक स्थगित भएको छ ।
भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन ध्यानाकर्षण गराउँदै एमालेले संसद अवरोध गरेको हो ।
एमालेका सांसदहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घर्तीले भोलि जेठ १८ गते बिहीबार १ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।
संसदमा बोल्दै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको मतगणना पुःन सुचारु गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।
पाण्डेले भरतपुरमा फेरी चुनाव गराए गलत नजिर बस्ने भएकाले त्यसो नगर्न आग्रह गर्दै निश्पक्ष छानबिनको माग गर्नुभएको थियो ।
यदी निर्वाचन भए निर्वाचन आयोगले पाँच वर्षसम्म परिणाम नआउने निर्वाचन गराइरहनुपर्ने र हार्ने परिस्थिति आए मतपत्र च्यात्न दल उत्प्रेरित हुने भएकाले घातक हुने बताउनुभयो ।
च्यातिएका मतपत्र पनि जोडेर हेर्न सकिने आयोगले निर्दे्शिका बनाएको र त्यसैअनुरुप मतगणना तत्काल सुचारु गर्न आग्रह उहाँको आग्रह छ ।
संसदमा सभामुख ओनसरी घर्तीले प्रतिपक्षको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।