अन्जु पन्तको भिडियो सार्वजनिक : “छुट्यौ भने रुनु पर्ला”

अन्जु पन्तको भिडियो सार्वजनिक : “छुट्यौ भने रुनु पर्ला”

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

भनिन्छ आफुवाट टाढा भएकी मायालु जुन बनेर आएपनि आफ्नो मायालुको याद ताजा रहन्छ। नजिकै भएपनि टाढा भएपनि मायालुको मायामा कुनै कसर बांकि रहदैन । चाहे बच्चा, चाहे बुढा, चाहे युवा होस या युवती सबैको माया गर्ने तरिका फरक फरक हुन्छ । तर टाढा जाने मायालुको यादमा सबैको मन सिरिग भएर आउछ । यस्तै मायागर्ने सबै मायालुहरुको मायालाई हालै सर्बजनिक भएको एउटा गीतले ताजा बनाईदिएको छ ।

सन्तोष केसीको शब्द तथा संगीतमा रहेको युक्त गीत अन्जु पन्तको आवाजमा सजिएको “छुट्यौ भने रुनु पर्ला” बोलको गीत हिजो मात्र सार्वजनिक गरिएको छ। नेपाली गीत संगितको क्षेत्रमा मोडेल बिक्रम बुढाथोकी र सन्ध्या बोहराको चर्चा परिचर्चा चलिरहन्छ । चर्चा नचलोस पनि कसरी ? बिक्रम बुढाथोकी ले अभिनय गरेको भिडियो जति बने सबै चर्चा बटुल्न सफल भएका छन् । “म बाँचेकै”, “जस्लाई मैले”, “समुन्द्र”, “सपना”, “तिमीलाई मायाँ गर्नी मुटु” लगायतका दर्जनौ गीतका कारण बिक्रम बुढाथोकी यतिबेला चर्चाको शिखरमा छन् ।

मार्मिक शब्दले भरियको युक्त गित आज मात्रै बिक्रम बुढाथोकी र सन्ध्या बोहराको अभिनयमा सार्वजनिक गरिएको छ। निकै उत्कृष्ट प्रबिधीमा निर्माण गरिएको उक्त गीतमा कमल सौरागको एरेन्ज रहेको छ।

सुरेश श्रेष्ठले छांयाङकन गरेको उक्त गीतलाई अनुप सिवाकोटीले सम्पादन गरेका हुन । यो म्यूजिक भिडियो निकै आकर्षक र रोचक बनेको छ भन्ने दर्शको प्रतिकृया आएको छ । नहोस पनि कसरी, गीत तथा संगीत क्षेत्रमा निर्देशनको लामो अनुभव संगालेका एक ब्यक्तित्व को निर्देशनमा यो भिडियो सम्पन्न भएको छ । को हुन त निर्देशन तपाईलाई कौतुहलता लाग्न सक्छ ।

उनि हुन निर्देशक अकुमार केसी उनैको निर्देशनमा “छुट्यौ भने रुनु पर्ला” बजारमा आउन सफल भएको हो । उक्त म्यूजिक भिडियो म्यूजिक नेपालबाट हालै सार्बजनिक भएको हो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी