सहमतीय सरकार गठनको समयसिमा भित्र के के भए प्रयास ?

सहमतीय सरकार गठनको समयसिमा भित्र के के भए प्रयास ?

बिहीबारदेखि बहुमतीय प्रक्रियामा अघि बढ्ने

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, जेठ १७।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सीमा आज (बुधबार) सकिंदै छ । एक हप्ताभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले समय दिएपनि दलहरुले सहमतीय सरकार गठनका लागि खासै पहल गरेका छैनन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल सुरु गरेको छ । सहमतीय सरकार गठनको सम्भावना नभएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको तयारी भएको हो ।बुधबार सहमतीय सरकार गठन नभए बिहीबारदेखि सरकार गठन बहुमतीय प्रक्रियामा अघि बढ्नेछ । अहिलेसम्मको अवस्था हेर्दा बुधबार नै सहमतीय सरकार गठन हुन सक्ने सम्भावना न्यून हुँदै गएको छ ।

यसबारे कांग्रेसले हिजो सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा एमाले बाहेक अरु दल सहभागी थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय सकिनु एक दिनअघि कांग्रेसले आफ्ना पक्षमा समर्थन जुटाउन संसद्मा प्रतिनिधित्व गरेका दलहरूसँग छलफल गरेको हो ।सत्तारुढ दलले नयाँ सरकार गठनका लागि पनि समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नयाँ सरकार गठनको विषयमा कांग्रेस सभापति देउवाले आज पनि एमाले लगायत अन्य दलसँग छलफल गर्ने तयारी गर्नुभएको छ ।

आफैंले संसद् भवन नयाँ बानेश्वरमा मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनाव सम्पन्न गरेपछि मात्रै नयाँ संविधानको पूर्ण कार्यान्वयन हुने भन्दै आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

देउवाले तराई-मधेसका समस्यालाई समाधान गरी संविधानलाई सर्वस्वीकार्य बनाउने पक्षमा आफ्नो दल रहेको धारणा व्यक्त गर्नुभएको थियो । ‘माघ ७ गतेसम्म तीनै तहको चुनाव सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने हामीबीच ठूलो जिम्मेवारी छ’, देउवाले भन्नुभयो, ‘संविधान कार्यान्वयन गराउनुपर्ने दायित्व संसद्मा रहेको सबै दलको भएकाले पनि सबैलाई सहमतीय सरकार गठनका लागि आग्रह गर्दछु ।’

देउवाले वर्तमान सरकारले तराई मधेसका समस्या समाधान गर्न संविधान संशोधन प्रस्ताव संसद्मा पेस गरेको बताउँदै उपयुक्त समयमा पारित हुने पनि उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले मधेसका समस्या समाधान गर्ने प्रयास भए पनि कुनै निष्कर्ष ननिस्किएको भन्दै सरकारमा सहभागी नहुने धारणा व्यक्त गर्नुभएको थियो । नेकपा माले र नेमकिपाले भने सहमतीय सरकार गठन गर्ने भए सरकारको नेतृत्वमा खुला हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ