स्थानीय तह निर्वाचन फेरि सर्यो, असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

स्थानीय तह निर्वाचन फेरि सर्यो, असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, जेठ १७ ।
सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको निर्वाचन ईस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार १४ गतेका लागि सार्ने निर्णय भएको हो । चुनाव सार्नेबारे प्रधानमन्त्रीले हिजो निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो ।

निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहको चुनाव एकैपटक वैशाख ३१ गते गर्नेगरी तयारीलाई अन्तिम चरणमा र्पुयाएका बेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने भन्दै दुई चरण चुनाव गर्नेगरी दोस्रो चरणको चुनाव यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।

मौसमको हिसाबले असार ९ या १४ मा खासै भिन्नता नभएकाले राष्ट्रिय जनता पार्टी राजपालाई समेत चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले अर्को मिति घोषणा गरेको हो ।

सरकारले निर्वाचन ऐन संशोधनका लागि संसदमा प्रस्ताव समेत दर्ता गरेको छ । राजपालाई उम्मेदवारी मनोनयनमै देखिएको कानुनी जटिलता हटाउन ऐन संशोधन गर्न लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ