काठमाडौँ, १६ जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकेमा राष्ट्रिय सहमतिको र सहमति नभए बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने दाबी गर्नुभएको छ ।
सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै देउवाले आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको हो । उहाँले बैठकमा पनि आफूलाई समर्थन गर्न अन्य दललाई आग्रह गर्नुभएको थियो ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले जुन उद्देश्यका लागि छलफल आयोजना गरिएको त्यो उद्देश्य पूरा नभएको बतउनुभयो । बैठकमा सहभागी राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले आफूहरुको माग पूरा गर्ने भए नयाँ सरकार गठनमा समर्थन गर्ने बताउनुभयो ।
संघीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले भने आफूहरु सरकारमा नजाने तर गुण र दोषका आधारमा सरकारलाई समर्थन गर्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline