सहमतीय सरकार गठनको सम्भावना न्युन ,एमालेद्धारा सर्वदलीय बैठक बहिस्कार

सहमतीय सरकार गठनको सम्भावना न्युन ,एमालेद्धारा सर्वदलीय बैठक बहिस्कार

  • मङ्लबार, जेष्ठ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ, १६ जेठ ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह््वान गरिएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफु नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नभएको सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

संसद भवनमा आज बिहान बसेको बैठकमा मधेस केन्द्रित सहित संसदमा प्रतिनिधित्व गर्ने अन्य दल भने सहभागी भएका थिए । प्रमुख प्रतिपक्षी दल नै उपस्थित नभएपछि सहमतीय सरकार गठनबारे ठोस छलफल हुन नसकेको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी विभिन्न दलका नेताले आफ्नो नेतृत्वमा सहमतीय सरकार बन्नुपर्ने हठ नराख्न कंग्रेसलाई सुझाव दिइएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि कांग्रेसले एमालेसँग छुट्टै छलफल गर्ने तयारी गरेको छ । राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिनै लाग्दा दलहरु छलफलमा जुटेका हुन् ।

यद्यपी सर्वदलीय बैठक औपचारिकताका लागि मात्रै भएको नेताहरुको भनाइ छ । कंग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सहमतीय सरकारको सम्भावना नभएपनि एकपटक पहल गरिएको र राष्ट्रपतिले दिएको समय सकिएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने बताउनुभयो ।

गत बुधबार प्रधानमन्त्री दाहालले पदबाट राजिनामा दिनुभए लगत्तै राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि अह्वान गर्दै एक साताको समय दिनुभएको थियो । सो समय भोली सकिदैछ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकेमा राष्ट्रिय सहमतिको र सहमति नभए बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने दाबी गर्नुभएको छ ।

सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै देउवाले आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको हो । उहाँले बैठकमा पनि आफूलाई समर्थन गर्न अन्य दललाई आग्रह गर्नुभएको थियो ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले जुन उद्देश्यका लागि छलफल आयोजना गरिएको त्यो उद्देश्य पूरा नभएको बतउनुभयो । बैठकमा सहभागी राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले आफूहरुको माग पूरा गर्ने भए नयाँ सरकार गठनमा समर्थन गर्ने बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले भने आफूहरु सरकारमा नजाने तर गुण र दोषका आधारमा सरकारलाई समर्थन गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ