भरतपुर महानगरमा कडा प्रतिस्पर्धा , मतपरिणाम (भोलि)सोमबार आउने

भरतपुर महानगरमा कडा प्रतिस्पर्धा , मतपरिणाम (भोलि)सोमबार आउने

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

भरतपुर ,१४ जेठ ।

भरतपुर महानगरपालिकाको निर्वाचन परिणाम भाेली (सोमबार) गणतन्त्र दिवसका दिन आउने भएको छ।

आइतबार साँझसम्मको मतगणना अनुसार, मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार चार सय २१ मत ल्याउनु भएको छ। उहाँलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४० हजार ६ सय ६६ मत प्राप्त गर्नुभएको छ।

उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाहले ४४ हजार ६ सय ४८ मत प्राप्त गरी जित सुनिश्चित गर्नुभएको छ। शाहकी निकटतम प्रतिस्पर्धी एमालेकी दिव्या शर्माले ३८ हजार ६९ मत प्राप्त गर्नुभएको छ। मतगणना हुन बाँकी दुई वडाको कुल मत संख्या ६ हजार एक सय ६२ रहेकोले शाहको जित सुनिश्चित भएको हो।

कुल २९ वडा रहेको भरतपुरका २७ वडाको नतिजा आइसकेको छ। मतगणना परिणम अनुसार, २९ वडामध्ये १४ वडामा एमाले, १० वडामा नेपाली काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनु भएको छ।

वडा नम्बर १९ र २० को मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ। एक लाख ५० हजार दुई सय ७४ मतदाता रहेको भरतपुर महानगरपालिकामा एक लाख १२ हजार सात सय ४१ मत खसेको थियो।

चितवन जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाबाट पाँच सय चार जना जनप्रतिनिधि निर्वाचित गर्न दुई लाख ४० हजार एक सय ८६ जना मतदाता मतदानमा सहभागी भएका थिए। सात वटा स्थानीय तह अन्तर्गत कुल ९८ वडा रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ