जेठ ३१ को निर्वाचन रोक्न प्रमुख दलकै चलखेल , १० दिन पछि सर्ने

जेठ ३१ को निर्वाचन रोक्न प्रमुख दलकै चलखेल , १० दिन पछि सर्ने

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं ,१४ जेठ ।
जेठ ३१ का लागि तोकिएको स्थानीय तहको दोस्रो तहको निर्वाचन एकहप्तादेखि १० दिनसम्म पर सर्ने भएको छ ।
आइतबार साझ बालुवाटारमा बसेको शीर्ष दलका नेताको बैठकले चुनावको मिति सार्ने सहमति गरेको हो ।
बैठकमा नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा)का नेता सहभागीता थियो ।
राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्रीले जसरी भए पनि चुनाव गराउने बताएपछि एक हप्तादेखि १० दिनसम्म चुनावको मिति सारेर निर्वाचन गर्ने निष्कर्षमा पुगिएको जानकारी दिनुभयो ।
बैठकमा सहभागी राजपाका नेताले चुनावको मिति सार्ने, दल दर्ता र चुनाव चिन्ह दिने वातावरण नबनेसम्म मधेसवादी दल आन्दोलत र वार्तालाई सँगसँगै लिएर जाने बताएको जनाइएको छ ।
बैठकमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा केपी, राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ