प्रधानमन्त्री कप क्रिकेटमा : पुलिस क्लबलाई पराजित गर्दैआर्मी विजयी

प्रधानमन्त्री कप क्रिकेटमा : पुलिस क्लबलाई पराजित गर्दैआर्मी विजयी

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ, १४ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गर्दै समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

सोही समूहको उपविजेता बन्दै पुलिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले जारी प्रतियोगितामा ६ अङ्क जोड्यो भने पुलिसको ४ अङ्क छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको झिनो योगफल तयार ग¥यो । पुलिसले दिएको ११० रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११६ बल बाँकी छर्दै पूरा ग¥यो । आर्मीले ३० दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो ।

पहिले ब्याटिङ गरेको पुलिसका लागि दिलीप नाथले सर्वाधिक ५० रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । पुलिसलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारी एक्लैले ६ विकेट लिए ।

जारी प्रतियोगिताको एकै खेलमा– ६ विकेट लिने सुशन दोस्रो खेलाडी बने । त्यसअघि आर्मीकै जितेन्द्र मुखियाले सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा ६ विकेट लिएका थिए ।

त्यस्तै आर्मीको जितमा कप्तान विनोद भण्डारी र नरेश बुढाएरले नटआउट ७६ रनको साझेदारी गरे । पचास बल खेलेका विनोदले ७ चौका एक छक्काको मद्दतमा ४६ रन जोडे । यता नरेशले ७४ बल खेल्दै १ छक्का र तीन चौका प्रहार गर्दै ४१ रन बनाए ।

त्यसैगरी महेश क्षेत्रीले १३, सागर पुनले ११ रन जोडे । पुलिसका ललितसिंह भण्डारीले दुई विकेट लिए भने सुशील कँडेलले १ विकेट लिए । भोलि समूह ‘ए’ मा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) र पश्चिमाञ्चल विकास क्षेत्रवीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी