चितवन,१४ जेठ ।
भरतपुर महानगरपालीमा एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाउदै लगेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछिल्लाे मतगणना अनुसार १२ सय ३७ मतले पछि छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३८ हजार ९ सय ६१ मत ल्याउनु भएको छ भने माओवादीकी मेयर उम्मेदवार दाहालले ३७ हजार ६ सय २९ मत प्राप्त गर्नु भएको छ।
उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहले ४१ हजार ५ सय २५ मत ल्याउनु भएको छ भने एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्माले ३५ हजार ६ सय २० मत ल्याउनु भएको छ। उपमेयरमा ५ हजार ९ सय ५ मतान्तर रहेको छ । अब चितवनको भरपुर महानगरपालिकाका १९, २०, २१ वडाको मत गन्न बाँकी रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline