कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा रेसको उपाधि आर्मीका राजनलाई

कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा रेसको उपाधि आर्मीका राजनलाई

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, १३ जेठ । पहिलो खुल्ला कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा दौडको उपाधि नेपाल आर्मीका राजन खत्रीले जितेका छन् ।

नेपाल माउन्टेनरिङ सङ्घको आयोजनामा शनिबार काठमाडौँमा आयोजित प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो आर्मीकै क्रमशः टीकाराज कटवाल, हरि रिमाल र रामजी बस्नेतले बाजी मारेका छन् ।

उक्त रेस चोभारदेखि सुरु भएर चाल्नाखेल (चार भञ्ज्याङ (हात्तीवन रिसोर्ट (चम्पादेवी हुँदै चोभार जलविनायक मन्दिरमा आएर समापन भएको थियो ।

करिब १५.२ किमी रहेको दौडमा खत्रीले एक घन्टा ३५ मिनेट, कटवालले एक घन्टा ३८ मिनेट, रिमालले एक घन्टा ४० मिनेट, बस्नेतले एक घन्टा ४० मिनेट ५१ सेकेन्ड तथा पाँचौँ आउने नवराज साउतले एक घन्टा ४१ मिनेटमा दूरी पार गर्न सफल भएका थिए ।

विजेता पहिलोले रु ३० हजार, दोस्रोले रु २० हजार, तेस्रोले रु १५ हजार, चौथोले रु पाँच हजार र पाँचौँले रु दुई हजार ५०० मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, परिषद्कै कार्यकारी सदस्य उपेन्द्र पौडेल, नेपाल माउन्टेनरिङ सङ्घका अध्यक्ष सञ्जय पण्डितलगायत अन्य खेल सङ्घका प्रतिनिधिले संयुक्त रुपमा मेडल, नगद, प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी