प्रधानन्यायधिस बिरुद्धको महाअभियोग प्रस्ताव आज फिर्ता हुने

प्रधानन्यायधिस बिरुद्धको महाअभियोग प्रस्ताव आज फिर्ता हुने

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं ,१४ जेठ ।
प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव आज फिर्ता हुने भएको छ ।
तीन दलको सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश कार्की्विरुद्धको महाभियोग प्रस्ताव आज फिर्ता लिन लागेको हो ।
संसद्मा विचाराधीन रहेकै बेला सर्वोच्चले महाभियोग अघि नबढाउन अन्तरिम आदेश दिँदै निलम्वनमा पर्नुभएकी प्रधानन्यायाधीशलाई सोही पदमा काम गर्न आदेश दिएको थियो ।
एमालेले सुरुदेखि नै महाभियोगको विरोध जनाए पनि सर्वोच्चको आदेशपछि उक्त प्रस्ताव के गर्ने भन्नेमा स्वयं सत्तापक्ष पनि अलमलमा थियो ।
शनिवारको तीन दलीय बैठकमा ‘सत्तापक्षले आज सम्म फिर्ता लिने प्रतिबद्धता जनाएपछि संसदको अबरोध पनि हटेको छ ।
महाभियोग प्रस्ताव फिर्ताको प्रक्रियाबारे सत्तापक्षले छलफल भइरहेको जनाएको छ ।

गत वैशाख १७ गते कार्कीविरुद्ध सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले सो प्रस्ताव दर्ता गरका थिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ