काठमाण्डौ,जेठ १२ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सदूरपश्चिमाञ्जल विकास क्षेत्र र पूर्वाञ्चल विकास क्षेत्रबिचको खेल वर्षाका कारण रद्ध गरिएको छ । आजको खेल रद्ध भएपछि १ अंक मात्र बटुलेको पूर्वाञ्चल विकास क्षेत्र समूह चरणबाटै घर फर्किएको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चलले ४ ओभर खेल्दै ४ विकेटको क्षतिमा २२ रन बनाएको स्थितिमा खेल रोकिएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४५ दशमलव २ ओभरमा सबै १० विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमाञ्चलका लागि विजय रानाले सर्बा्धिक ५५ तथा सन्तोष भट्टले २२ रन बनाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline