मेधेसी दलले जेठ ३१ को निर्वाचनलाई सशक्त प्रतिकार गर्ने

मेधेसी दलले जेठ ३१ को निर्वाचनलाई सशक्त प्रतिकार गर्ने

आन्दोलनका कार्यक्रम घोषणा

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,१२ जेठ ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले आगामी जेठ ३१ गतेको स्थानीय तहको चुनावलाई सशक्त प्रतिकार गर्ने घोषणा गरेको छ ।

सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राजपाले चुनावलाई सशक्त प्रतिकार गर्ने घोषणासहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीको अध्यक्षमण्डलको शुक्रबार राजधानीमा बसेको बैठकले प्रतिकार गर्ने शुक्रबारअपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
बिजुलीबजारस्थित राजपाको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ ३१ गते घोषित दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई प्रभावित पार्ने गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रम अनुसार जेठ १३ गते मसाल जुलुस, जेठ १४ गते लाठी जुलुस, जेठ १५ गते बृहत् अन्तरक्रिया, जेठ १६ गते निर्वाचन हुने केन्द्रमा तालाबन्दी गर्ने कार्यक्रम तय गरेको छ ।
साथै जेठ १८ र १९ गते निर्वाचन हुने क्षेत्रमा बन्दको घोषणा समेत राजपाले गरेको छ ।
जेठ २० गतेदेखि निर्वाचन विथोल्ने गरी थप कार्यक्रम आगामी साता सार्वजनिक गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । सत्ता गठबन्धनले नयाँ सरकार गठनमा राजपाले समर्थन गर्ने र निर्वाचनमा पनि राजपा सहभागी हुने प्रचार गरिरहेको बेला आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिनुपर्ने, स्थानीय तहको संख्या थप गर्नुपर्ने र संविधान संशोधन गरिनुपर्ने मागलाई चुनावमा सहभागिताको शर्तका रुपमा सो पार्टीले अगाडि सारेको छ ।

मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा मुद्दा खारेजी नभएको भन्दै गठबन्धनले लामो सङ्घर्ष र सयौँ पटकका वार्ताबाट पनि समस्याको समाधान नभएको ठहर गरेको छ ।

६ वटा मधेस केन्द्रित दल मिलेर बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन । पार्टी एकीकरणअघि ६ वटै दलले पूरानो चुनाव चिन्ह, लोगो र झण्डा प्रयोग नगर्ने निर्णय गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ