कमल सरगम
काठमाण्डौ ।
हरेक क्षेत्रगत गीतहरुमा उत्तिकै मिठो आवाज दिने प्रतिभासाली गायक बालकुमार श्रेष्ठ र गायिका प्रिया सेन्चुरीको सुमधुर आवाजमा मोडल दिर्ग गदाईलीको प्रस्तुतिमा आफ्नै जन्मभूमिलाई समर्पित मौलिक लोकदोहोरी गीत “जन्म भुमी ओखलढुंगा” बजारमा आएको छ । अहिलेकी चर्चित मोडल अनिता बस्नेतको उत्कृष्ट शब्द र सर्जक सन्तोष के बास्तोलाको मन छुने लय सृजनामा बजारमा आएको गीतको सम्पूर्ण टिमनै ओखलढुंगामा जन्मिएर कलाकारितामा कर्म गर्दै गरेका युवा पुस्ताका सफल टिम हुन् । उक्त गीतको म्यूजिक भिडियोमा अनिता बस्नेत र दिर्ग गदाईलीको दमदार अभिनय देख्न सक्नुहुने छ ।
एकिन्द्र सारा शंकरको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन बासु बरालले गरेका हुन् भने सम्पादन अमर शाक्यले गरेका हुन् ।गीतलाई अहिलेको व्यस्त कम्पनि संकलन संगीत प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=mKFbk6_RrOA]