काठमाण्डौ र भरतपुरको ताजा मतपरिणाम , रेणु दाहालको मतान्तर बढ्दै (अपडेट)

काठमाण्डौ र भरतपुरको ताजा मतपरिणाम , रेणु दाहालको मतान्तर बढ्दै (अपडेट)

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमान्डौ ,जेठ १२ ।

बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचन अन्तरगत चार महानगरमध्ये काठमाडौ र भरतपूर महानगरपालिकाको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार काठमाडौ महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य ५७ हजार ४ सय ७३ मत सहितका अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसका राजुराज जोशीले ४० हजार २ सय ६९ मत पाउनु भएको छ ।

विवेकशील पाटीका रन्जु दर्शनाले २० हजार ८ सय ७९ मत ल्याइ तेस्रो स्थानमा हुनुहुन्छ । उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ शिर्ष स्थानमा हुनुहुन्छ ।

खड्गीले ५२ हजार ४ सय ९० मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी राप्रपाका राजाराम श्रेष्ठले ३१ हजार ७७ मत प्राप्त गर्नुभएको छ । ३२ वडा रहेको काठमाण्डौमा २७ ओटाको नतिजा आउदा १५ वटा वडामा एमाले र १२ वटा वडामा काग्रेसले जित हात पारेको छ ।

यस्तै भरतपूर महानगरपालिकामा एमाले र माओवादी विच कडा प्रतिस्पर्धा देखिएको छ । भरतपुरमा एमालेका देवी ज्ञवालीे ३५ हजार ९ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ भने उहाँको प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रका रेनु दाहालले ३३ हजार ३ सय ६८ मत प्राप्त गरी पछ्याइरहनु भएको छ ।

उपमेयरमा भन नेपाली कांग्रेसका पार्वती शाह शिर्ष स्थानमा कायम रहनु भएको छ । उहाँले ३७ हजार ३१ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्धन्द्धि एमालेका द्धिव्य आचार्यले ३१ हजार ७ सय ३५ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ