एमालेको अबरोधका कारण संसद बैठक स्थगित

एमालेको अबरोधका कारण संसद बैठक स्थगित

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ १२ जेठ ।
व्यवस्थापिका संसदको बैठक अपरान्ह चार बजेसम्मका लागी स्थगित भएको छ ।

नयाँबानेश्वर स्थित संसद भवनमा दिउँसो १ बजे बसेको बैठकमा सुरु हुनासाथ एमालेका सांसदहरु उभिएर मौन बिरोध जनाएपछि सभामुख ओनसरी घर्तीले आजै अपरान्ह सम्मका लागी बैठक स्थगित गर्नुभएको हो ।

आजको बैठकमा सरकारको निति तथा कार्यक्रम टेबुल गर्ने कार्यसुची रहेको छ ।

यसअघि हिजो नै नीति तथा कार्यक्रम संदन टेबुल गर्ने तयारी गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण टेबुल हुन सकेनको थिएन । यद्यपी एमालेले आज अपरान्ह पनि बैठक सुचारु हुन दिने संकेत गरेको छैन ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको निति तथा कार्यक्रम बाचन गरेलगत्तै एमालेले अवरोध गरेपछि संसद बैठक आज दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको थियो ।

एमालेले स्थानीय तह संख्य हेरफेरको निर्णय, प्रधानन्यायाधिश सुशिला कार्कीमाथि दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता र पहिलो चरणको निर्वाचनका क्रममा भएका घटनाको छानबिन माग गर्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

सदनको गतिरोध हटाउने विषयमा प्रमुख दलका शिर्ष तहमा पहल भइरहेको छ । दलहरुबीच छलफल भइरहेको भन्दै माग पूरा नभएसम्म सदन चल्न नसक्ने एमाले संसदीय दलका उपनेता सुवास नेमवाङले बताउनु दिनुभयो ।

स्थानीय तहको संख्य हेरफेर गर्दा निर्वाचन नहुने सम्भावना बढ्नेप्रतिको एमालेको चिन्ता निर्वाचन आयोगले पुष्टी गरेको भन्दै उहाँले सहमतिका साथ अघि बढ्न तयार रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ