पोखरा महानगरको मेयर बनेका मानबहादुर जिसीको जीवन यात्रा

पोखरा महानगरको मेयर बनेका मानबहादुर जिसीको जीवन यात्रा

उपमेरमा मञ्जु गुरुङ विजयी

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

पोखरा ,१२ जेठ ।

पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत  प्राप्त गर्नुभयाे ।

त्यस्तै उममेयरमा मन्जु देवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकतम् प्रतिष्पर्धी कांग्रेसका सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याउनुभयो ।

नरबहादुर जिसी र मानकुमारी जिसी का जेठो सन्तानको रुपमा २०१७ भाद्र १७ गते मंगलबार साविक कालिका गाविस वडा नं ५ देउमाडी ९हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं जन्मिएका मानबहादुरदेशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गराउन २०६२/०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण ६२ दिन सम्म हिरासतमा रहेका  थिए ।

मध्यम वर्गीय किसान परिवारमा जन्मिएका उनले  पृथ्वीनारायण क्याम्पस पोखराबाट बिएड सम्मको उच्च शिक्षा हासिल गरेका छन् ।

२०३७ सालमा अनेरास्ववियुबाट राजनीतिक जीवन सुरू गरेका उनी  बि .स. २०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष  भए भने एमालेकाे पार्टी सदस्यता  २०४१ सालमा लिए ।

मानबहादुर  नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका कमिटी इलाका नं।४ कास्कीको सचिव, निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं। १ को सचिव बने । त्यसपछि २०४९ सालमा- नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य, २०५० सालमा- नेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कमिटी सदस्य , २०५३ सालमा- चौथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं। १ कास्कीको सचिव , २०५४ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाचौ जिल्ला अधिवेशनवाट पुन : उपसचिव, २०५८ सालदेखि २०६० साल सम्म २ वर्ष जिल्ला कमिटी कास्कीको सचिव ९पार्टी प्रमुख० को जिम्मेवारी र  पार्टीको आठौं जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित ९२०६६-२०७० साल सम्म अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् ।

पार्टीमा हाल केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज र प्रदेश संगठन कमिटी प्रदेश नं। ४ को कार्यालय सचिव छन् ।

बि.स. २०३६ सालमा रत्नशोभा निमाविमा र २०४१ देखि २०४४ साल सम्म कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक भएर शैक्षिक क्षाेत्रमा सेवा गरेका उनी संसदीय क्षेत्रमा २०४९ र २०५४ मा कास्की जिल्ला अन्तर्गत साविक कालिका गाविसको निर्वाचित अध्यक्ष  ,  २०७० सालको दोस्रो संविधानसभामा कास्की निर्वाचन क्षेत्र नं।१ बाट ९२७२० ले पराजित र  गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य  हुन्र ।

उनले राजनीतिक नियुक्ति पाएर कास्की जिल्ला सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी तीन महिना सम्हाले । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान र सेवा पुर्‍याउँदै विशेष गरी कास्कीको क्षेत्र नं १ मा खानेपानी, बाटो, पुल लगायतका विकाससँग जोडिएका योजना र निर्माण सम्बन्धी कार्यमा निरन्तर क्रियाशील विकासवादी नेताको रुपमा आफ्नो पहिचान दिन पनि उनी सफल सफल छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ